झापाकाे बिर्तामाेड स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने कपुर धुप बाती बनाउने तालिम सुरू गरेकाे छ ।
संस्थाका महिला शेयर सदस्यलाई आत्मनिर्भर र उद्यमशीलता तर्फ जोड्नका लागि तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

संस्थाले गृहिणी महिलाहरुको आर्थिक पक्ष बलियो बनाउनको लागि सीपमूलक तालिम प्रदान गरिएको कार्यकारी प्रमुख बस्नेतकाे भनाई रहेको छ ।
आजबाट सुरू भएकाे दुई दिन सम्म सञ्चालित तालिममा बिर्ताबजार र गाेलधाप सेवा केन्द्रका २५ जना महिला सदस्यहरुको सहभागिता रहेका छन् ।

संस्थाकाे शिक्षा उपसमितिले तालिमको आयोजना गरेको हो । संस्थाकाे शिक्षा उपसमिति संयाेजक मेहरमान बिष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शिक्षा उपसमिति सदस्य
मदनकुमार रिजाल, बद्री प्याकुरेल , गाेलधाप सेवा केन्द्र प्रमुख सन्ताेष कार्की, संस्थाकाे आईटी बिभाग प्रमुख बिजय पाण्डे लगायतकाे आथित्यता रहेकाे थियाे ।
तालिमलाई सृजना ढुङ्गेल र हृदय कुमारी संग्राैलाले प्रशिक्षण दिइरहेका छन् ।
तालिम पश्चात महिलाहरुले सीपलाई व्यवहारमा उर्तानु हुनेछन् भन्ने विश्वास रहेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
सिम्रिकले बचत तथा ऋणकाे काराेबार सहित सामाजिक क्षेत्रमा काम गरिरहेकाे छ ।
संस्थाले यश अघि पनि साबुन , फिनेल, अचार बनाउने तालिम प्रदान गरिसकेकाे छ । त्यस्तै संस्थाले ब्युटी सियन , माैरीपालन, ब्रखा पालन , सिलाई बुनाई सहितका विभिन्न तालिम प्रदान गरिरहेकाे छ ।









































