आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्काई माध्यमिक विद्यालय सुरुङ्गामा छापा मारेको छ ।

प्रधानाध्यापक कर्णबहादुर डाँगीको मिलेमतोमा विद्यालयको रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले  छापा मारेको हो ।

आयोगको टोलीले १५ दिनभित्र हरहिसावको प्रमाणित प्रतिलिपि र कन्काई नगरपालिकाको स्पष्ट राय/प्रतिक्रिया पेश गर्न नगरपालिकालाई निर्देशन दिएको छ ।

IMG-20260415-WA0111

कन्काई नगरपालिका अन्तर्गत रहेको कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका प्रअ कर्णवहादुर डाँगी समेतको मिलेमतोमा विद्यालयमा बस तथा पोशाक खरिद, खेल मैदान मर्मत सम्भार, नमुना विद्यालय विकास कार्यक्रम लगायतको शिर्षकहरुमा विनियोजित रकम

हिनामिना गरेको भन्ने उजुरी सम्वन्धमा वास्तविकता के कसो भएको हो? तपसिल बमोजिमको वर्षसंग सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपि र कन्काई नगरपालिकाको स्पष्ट राय/प्रतिक्रिया प्रस्तुत पत्र प्राप्त भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको अनुसन्धान शाखा नं.४(क) मा आइपुग्ने गरी उपलब्ध गराइदिनुहुन अख्तियारको पत्रमा उल्लेख छ ।

IMG-20260415-WA0112

सो पत्रमा आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट तत्कालीन सांसद भक्तिप्रसाद सिटौलाको पहलमा रु.२८ लाख खेल मैदान मर्मत सम्भार गर्न निकासा भएको रकम सम्वन्धी खर्चको विवरण, निर्माण कार्य, सोसंग सम्बन्धित सम्पूर्ण कागजातहरु र रंगीन फोटो समेत धुलार्ई पठाउन,

आर्थिक वर्ष २०८०/०८१ मा गरिव अभिभावकबाट सहयोगको नाममा लिएको रकम सार्वजनिक खरिद ऐन नियमले तोकेको प्रकिया नअपनाई रु.२८ लाखमा बस खरिद गरेको र बस मर्मत

सम्भारका नाममा रु.५ लाख खर्च गरेको भन्ने सम्वन्धमा मर्मत, खरिद प्रक्रिया, सोसंग सम्वन्धित सम्पूर्ण कागजातहरु, बस संचालनमा रहे/नरहेको र रगीन फोटो समेत खुलाई पठाउन निर्देशन दिइएको छ ।

त्यस्तै नमुना विद्यालयको लागि आर्थिक वर्ष २०८१/०८२ मा रु.४५ लाख निकासा भएको र नमुना विद्यालय विकास कार्यक्रमको रकम खर्च गर्न विद्यालय व्यवस्थापन .समितिवाट कार्ययोजना बनाई नगर शिक्षामा २०८१ श्रावण– भाद्र महिनामा पेश गरी अनुमोदन गराई खर्च गर्नु पर्नेमा प्रअले फर्जी विल र डोर हाजिर बनाई २०८१

फागुनमा मात्र कार्ययोजना पेश गरेको भन्ने सम्बन्धमा वित्त भरपाई, डोर हाजिर, सोसंग सम्वन्धित सम्पूर्ण कागजातहरु र रंगीन फोटो समेत खुलाई पठाउन,. विद्यालयको आफ्नो स्वामित्वमा रहेको धनीपुर्जा भएको करिव ३ कठ्ठा जग्गा प्रतिकठ्ठा करोड पर्ने

नगरपालिका वडा नं. ३ को वडा कार्यालय स्थापना गरी अतिक्रमण गरेको भन्ने सम्बन्धमा सोसंग सम्बन्धित सम्पूर्ण कागजातहरु खुलाई पठाउन,विद्यालयको प्राङ्गणको पूर्व दक्षिण मोहडामा नगरपालिका वडा नं. ३ को वडा कार्यालय रहेको र त्यसको पूर्वतर्फ

विद्यालयको कित्ता नं. ३१२ को करिब ०–१–० कठ्ठा जग्गा करोड मूल्य पर्ने जानुका मगर र निजको छोराहरुलाई विद्यालयको सम्पत्ति दिएको र त्यस जग्गामा पक्की घर वनाएको भन्ने सम्वन्धमा सोसंग सम्बन्धित सम्पूर्ण कागजातहरु खुलाई पठाउन निर्देशन दिइएको छ ।