झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सदस्यमा निर्मल भट्टराई चयन भएका छन् । हालै सम्पन्न महासंघको अधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र राउतकाे टिमले उनलाई सदस्य पदमा मनाेनित गरेकाे हाे ।
भट्टराई बिर्तामाेडका युवा व्यवसायी हुन् । उनी नेपाल अलैंची ब्यवसायी महासंघकाे निबर्तमान अध्यक्ष तथा बिर्तामाेड उद्योग वाणिज्य संघकाे विशिष्ट सदस्य समेत हुन् । उनी अन्य धेरै संघ संस्थामा आबद्ध छन् ।
व्यवसायिक क्षेत्रसँग लामो समयदेखि आबद्ध भट्टराई उद्योग, व्यापार तथा निजी क्षेत्रका समस्याका विषयमा सक्रिय रूपमा काम गर्दै आएका छन् ।
निर्वाचितसँगै कोशी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले व्यवसायिक हकहित, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका क्षेत्रमा उनकाे थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरेका छन् ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै भट्टराईले उद्योगी व्यवसायीको हकहितका लागि सदैव प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।
उनले निजी क्षेत्रको सशक्तीकरण, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रदेशको आर्थिक समृद्धिका लागि आफ्नो भूमिका सक्रिय रहने उल्लेख गरे ।
निर्वाचित भएपछि उनलाई विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।









































