झापाको कांकरभिट्टा नाकाबाट ठुलो परिणामको काँचो सुन र अमेरिकी डलर सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज सांझ ५ बजेको समयमा कांकरभिट्टा स्थित मेची भन्सार मातहतको यात्रु शाखाबाट सुन , भारतीय र अमेरिकी डलर सहित एक जना पक्राउ परेका हुन् ।
उनको साथ बाट ५ सय ७० ग्राम काँचो सुन जसको बजार मुल्य १ करोड ४० लाख ३० हजार ८ सय १५ रुपैंया, त्यस्तै ८५ हजार ५ सय १० रुपैंया भारतीय रुपैंया
र अमेरिकी डलर २० हजार सहित एक जना ३० / ३५ बर्षको भारतीय युवा पक्राउ परेको मेची भन्सारले जनाएको छ । भन्सारका कर्मचारीले चेकजाँचमा उनलाई नियन्त्रणमा लिएको हो । घटनाका बिषयमा थय अनुसन्धान भइरहेको मेची भन्सारले जनाएको छ ।
भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर,भारतीय रुपैयाँलगायत बरामद भएको हो ।
उनको साथबाट अमेरिकी डलर १ सयको २ सय थान , भारु ५ सयको १७० थान, १०० सयको ५ थान र १० को एक थान नोट बरामद भएको र घटनाका बिषयमा थप अनुसन्धान अघि बढेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।










































