सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर भद्रपुर–८ झापाले उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रूपक न्यौपानेलाई प्रशंसा–पत्र प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार न्यौपानेलाई लागूऔषध नियन्त्रण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गणले आज सम्मान गरेकाे हाे ।

न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काकडभिट्टा, झापामा Dog Handler का रूपमा साथी नाम गरेकाे कुकुरलाई हेन्डल गरि लागूऔषध नियन्त्रण तथा खोजतलास कार्यमा उल्लेखनीय योगदान पुर्याएकाे प्रशंसा–पत्रमा उल्लेख छ ।
सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस २०८३ को अवसरमा आज शुक्रबार भद्रपुर गणमा उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १५७ को उपनियम (ग) बमोजिम नगद रु. १ हजारसहित प्रशंसा–पत्र प्रदान गरिएको हो ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले न्याैपानेलाई प्रशंसा–पत्र प्रदान गरिएको हाे ।










































