झापाकाे बिर्तामाेड ३ स्थित बिर्ताबजारमा  टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

बिर्ताबजार स्थित अदुवा खाेला पुलमा आज साँझ दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि  अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा गम्भीर घाईते भएकी किशोर चापागाईको छोरी बर्ष अन्दाजी १० की अनुकृती चापागाईकाे उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउन साथ डाक्टरले चेकजाच गर्दा ७ बजेर २५ मिनेटमा  मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । 

रामचाेकबाट भद्रपुर आउदै गरेको मे १ क ६४३ नम्बरको टिपर  (मिक्स गिट्टी लोड भएकोले पैदल हिंडिरहेकी बालिकालाई पुलमा  ठक्कर दिएकाे थियाे । 

 टिपर  चालक बुद्धशान्ती गापा.१ बस्ने बर्ष अ.५३ को श्याम प्रसाद दाहाललाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखेको प्रहरीले जनाएकाे छ ।