सहारा नेपाल साकोसले पशु बिमा गरेका सदस्यलाई बिमा बापतको क्षतिपूर्ति रकम प्रदान गरेको छ।
पशुपालन व्यवसायमा संलग्न सदस्यलाई आर्थिक जोखिमबाट राहत दिने उद्देश्यले सहारा नेपाल साकाेसले केही बर्ष अघिदेखि सदस्यका पशु संरक्षणका लागि बिमा कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।
यहि क्रममा शुक्रबार बिर्ताबजार सेवा केन्द्रका सदस्य बिर्तामोड १० स्थित तेलकानिका सारदाकुमारी रायमाझीलाई सहाराले बिमा बापतकाे १ लाख ८० हजार रकम उपलब्ध गराएकाे छ ।

साे रकम सेवा केन्द्र प्रमुख लाेकनाथ भट्टराई ,कर्मचारी अनिता रिजाल र प्राबिधिक बिनाेद दाहालले एक कार्यक्रम काे बिच सदस्य रायमाझीकाे घरमै पुगेर क्षतिपूर्ति बापतकाे रकम हस्तान्तरण गरेकाे हाे । उपलब्ध गराइएको उक्त रकमले ठूलो सहयोग पुगेको सदस्य रायमाझीकाे भनाई छ ।

रोग, दुर्घटना वा अन्य कारणले पशुमा क्षति पुगेपछि बिमा प्रक्रियाअनुसार मूल्यांकन गरी सदस्यलाई ९० प्रतिशत सम्म क्षतिपूर्ति प्रदान गरिंदै आएकाे सहारा नेपाल साकाेसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए।
यस कार्यक्रमले सदस्यलाई आर्थिक सुरक्षासँगै पशुपालन व्यवसायप्रति थप उत्साहित बनाएको कार्यकारी प्रमुख गिरीकाे भनाई छ ।
सहकारीले सदस्यको आर्थिक तथा सामाजिक उन्नयनका लागि याे बिमा संगै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि उनले बताए ।
सदस्यहरूको आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूले पालन गरेका पशुहरूको संरक्षणका लागि २०७७ सालदखि संस्थाले कृषि व्यवसाय ईकाइ नै स्थापना गरेर बिमा कार्यक्रम सञ्चालन गरिरहेकाे जनाईएकाे छ ।
पशुपालन व्यवसायमा संलग्न सदस्यहरूलाई सम्भावित आर्थिक जोखिमबाट जोगाउने उद्देश्यले उक्त कार्यक्रम अघि बढाइएको संस्थाकाे बिर्तामाेड अनुगमन अधिकृत घनश्याम रायले बताए ।
पशुपालनका क्रममा रोग, दुर्घटना तथा अन्य विभिन्न कारणले पशुमा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सदस्यलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले पशु बिमाको व्यवस्था गरिएको हो।
यसबाट पशुपालन व्यवसायमा आबद्ध सदस्यलाई आत्मविश्वासका साथ व्यवसाय विस्तार गर्न समेत सहयोग पुगिरहेकाे छ ।
संस्थाका अनुसार बिमा कार्यक्रमले सदस्यलाई आर्थिक भार कम गर्न मद्दत गर्नेछ भने पशुपालन क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र व्यवसायिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।
सहारा नेपालले लामाे समयदेखि सदस्यको जीवनस्तर उकास्न विभिन्न सामाजिक तथा आर्थिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।








































