बिर्तामोड ।
पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमका समाचार संयोजक नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा साहित्य चौतारी झापाले संस्थाको २७ औं वार्षिक उत्सवको अवसरमा समाचार संयोजक ढकाललाई पुरस्कृत भएका हुन् ।
झापाका अग्रज पत्रकार डिकमान सुनुवारको स्मृतिमा रहेको भिपधज डिकमान बिरही स्मृति पत्रकारिता पुरस्कारबाट ढकाललाई नगदसहित पुरस्कृत गरिएको हो । उक्त कार्यक्रममा साहित्य संगीत र पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने ६ जना व्यक्तित्वलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।
जसमा भानु–माधव वर्ष साहित्य सम्मानबाट डा। कमला तामाङ भारत दार्जिलिङलाई अभिनन्दन गरिएको थियो । त्यस्तै लक्ष्मी गणेश स्मृति संगीत वर्ष पुरस्कारबाट चन्दन लम्जेल र डेजी बराइली सम्मानित भएका थिए । त्यस्तै संगीत विधामै जेबी मदन स्मृति विशिष्ट संगीत वर्ष पुरस्कारबाट गणेश पराजुली र यशोदा पराजुलीलाई सम्मान गरिएको थियो । उनी कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वरिष्ठ संगीतकार बसन्त क्षेत्रीले सम्मान गरेका थिए ।
साहित्य चौतारी झापाका संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहित्यकारहरु सिक्मिका थिरुप्रसाद नेपाल, इलामकी प्रतिभा पौडेल वरिष्ठ संगितकार महेश्वर लामा र्कसियाङ, संगीतकार टिका भण्डारी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत साहित्य चौतारी झापाकी उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईद्वारा लिखित उत्तरार्दको थुम्कीबाट नामक पुस्तकको लोकापर्ण समेत गरिएको थियो । पुस्तकको समिक्षा साहित्यकार चुडामणी वरिष्ठले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हिम्मत नेम्वाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यक क्षेत्रका प्रतिनिधिहरुश्रको सहभागिता रहेको थियो । उक्त अवसरमा कला र साहित्य सम्बन्धि विभिन्न प्रस्तुतीहरु राखिएको थियो भने २१३ औं भानु जयन्ती सम्बन्धी कविताहरु समेत बचान गरिएको थियो । कार्यक्रमको सञ्चालान सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए । a










































