बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीलाई करदाता शिक्षा तथा अभिमुखीकरण तालिम प्रदान गरिएकाे छ ।
करसम्बन्धी व्यवस्था, कर दाखिला प्रक्रिया तथा व्यवसाय सञ्चालनमा अपनाउनुपर्ने कानुनी प्रावधानबारे जानकारी गराउने उद्देश्यले शुक्रबार बिर्तामाेडमा करदाता शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा सुनचाँदी व्यवसायीलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), व्यवसाय दर्ता तथा नवीकरण, बिल–बिजक जारी गर्ने प्रक्रिया, लेखा अभिलेख राख्ने तरिका लगायतका विषयमा आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर अधिकृत दिपक खनालले जानकारी गराएका थिए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघकाे केन्द्रिय सदस्य राजकुमार गुप्ताकाे प्रमुख आतिथ्य तथा झापा अध्यक्ष रमेश विश्वकर्माकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम समपन्न भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि गुप्ता, बिशिष्ट अतिथि बिर्तामाेड उद्याेग बाणिज्य संघकाे अध्यक्ष राजु न्याैपाने, आन्तरिक राजश्व कार्यालयका प्रमुख गाेपाल बहादुर थापा लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा झापा जिल्ला भरिका बिभिन्न नगरका सभापति, पदाधिकारी सहित १ सय ५० बढी ब्यवसायीहरूकाे सहभागिता रहेकाे नेपाल सुनचाँदी ब्यवसायी संघ झापाकाे काेषाध्यक्ष अभिषेक गहत्तराजले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षणमा व्यवसायीहरूले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।
सहभागीका प्रश्नहरूको जवाफ दिँदै प्रशिक्षकहरूले कर प्रणालीलाई सहज र पारदर्शी बनाउन व्यवसायी तथा कर प्रशासनबीच नियमित समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा व्यवसायीलाई कर तिर्ने दायित्वबारे सचेत बनाउँदै करसम्बन्धी कानुनी प्रावधानको पालना गर्न आग्रह गरिएकाे थियाे । करसम्बन्धी जटिलता समाधानका लागि यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने अपेक्षा सहित कार्यक्रम गरिएकाे संघकाे अध्यक्ष विश्वकर्माले बताए ।
झापामा ४ सय ७० बढी सुनचाँदी व्यवसायी रहेकाे बताईएकाे छ । कार्यक्रमकाे सन्चालन संघकाे काेषाध्यक्ष अभिषेक गहत्तराजले गरेका थिए ।










































