झापाको बिर्तामोड स्थित नयां बसपार्कमा  युटर्न इन्टरनेशनल प्रालिले आफ्नो डिपो विस्तार गरेको छ । प्रालिले झापाको अर्जुनधारा–११ बिर्तामोडस्थित बसपार्कमा युटर्नले आज अर्जुनधारा सेवा केन्द्र उद्धघाटन गरेको हो ।  स्वदेशी उत्पादनको प्रवद्र्धन तथा नेपाली कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले अर्जुनधारा सेवा केन्द्रको उद्घाटन गरिएको अर्जुनधारा डिपो प्रमुख पुष्पा गुरुङले बताइन् । 

सेवा केन्द्रको उद्घाटन प्रालिका मार्केटिङ डाइरेक्टर, मार्केटिङ बिज्ञ तथा प्रशिक्षक अर्जुन गिरी रिवन काटेर गरेका छन् । कार्यक्रममा  प्रतिनिधि, बजार विक्रेता, सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।

युटर्न इन्टरनेशनलले नेपाली कृषक तथा स्थानीय उत्पादकबाट विभिन्न कृषिजन्य सामग्री खरिद गरी त्यसको बजारीकरण गर्दै आएको जनाएको छ । कम्पनीले मह तथा मौरीजन्य उत्पादन, जडीबुटीजन्य सामग्री, ब्युटी पार्लरका सामग्री, हाउसहोल्ड सामग्रीलगायत विभिन्न वस्तुसहितका ७० वढी प्रकारका सामाग्री उत्पादन तथा बिक्री–वितरण गर्दै आएको अर्जुनधारा डिपो हेड लिडर पुष्पा गुरुङले बताइन् । 

कम्पनीका अनुसार हालसम्म देशभर ६५ वटा डिपो सञ्चालनमा रहेका छन् ।