बिर्तामोड, साउन २४ । 

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको जनाएको् छ । कार्यालयले लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको हो । कार्यालयले रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो 

कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार सङ्कलन भएको छ ।

त्यस्तै, मूल्य अभिवृद्धि कर ९भ्याट० रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।