स्वावलम्बन विकास केन्द्र काठमाण्डाैंले सहारा नेपाल साकाेसकाे सदस्यलाई लघु उद्यमी पुरस्कार प्रदान गरेकाे छ।
आज बिहिबार काठमाण्डाैं एक भब्य समाराेहकाबिच सहारा नेपाल साकाेस गाेलधाप सेवा केन्द्रकाे सदस्य शर्मिला थेबेलाई स्वावलम्बनले पुरस्कृत गरेकाे हाे ।
उनलाई स्वावलम्बन विकास केन्द्रले ३५औँ वार्षिकोत्सव अवसरमा उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार नगद ५० हजार रूपैंया सहित कदरपत्रबाट सम्मान गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंककाे पुर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री , स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ लगायतले उनलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत थेबे ब्यवससायिक रूपमा हल्दिबारी १ मा बंगुर पालन गर्दै आएकी छन् ।
लघुवित्त तथा सहकारी सदस्यहरूबीच उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेबापत झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकाेसकाे सदस्य थेबेलाई 'उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार' प्रदान गरिएकाे जनाईएकाे छ ।
यो पुरस्कार संस्थागत रूपमा लघु उद्यमी र सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानमा पुर्याएको योगदानको सम्मानस्वरूप दिइने गरेकाे सहारा नेपाल साकाेसकाे कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । पुरस्कार बितरण समाराेहमा सहारा नेपाल साकाेसकाे कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी समेत सहभागिता रहेकाे थियाे ।
आफ्नी ठूलोआमा दिलकुमारी योङहाङको प्रेरणामा सहारा नेपाल साकोसको गोलधाप सेवा केन्द्रअन्तर्गत अजम्बरी सहारा महिला समूहमा आबद्ध भएपछि थेबेले २० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी रिथिईन । २०७६ माघ ७ गते दर्ता गरिएको योङहाङ बंगुर पालन उद्योग आज जिल्लाकै नमुना फार्ममध्ये एक बनेको छ।
हाल उनको फार्ममा ५५ वटा उन्नत जातका माउ बंगुर र २५ वटा पाठापाठी छन्। बंगुर बिक्रीबाट हुने आम्दानीले उनले घरनजिकै ७ कठ्ठा जग्गा खरिद गरेकी छन्, छोराछोरीलाई निजी विद्यालयमा अध्ययन गराइरहेकी छन् र सबै खर्च कटाएर वार्षिक १५–२० लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन्।
सहाराले उपलब्ध गराएको सहुलियत कर्जा, पशु बीमा, प्राविधिक सेवा र निरन्तर परामर्शले व्यवसाय विस्तार गर्न ठूलो टेवा पुगेको उनले बताएकी छन् ।









































