उपभोक्ता जागरण अभियान नेपालको झापा अध्यक्षमा भट्टराई

  • भदौ ८, २०८३
  • साझा अनलाइन
alt





झापा।

दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै उपभोक्ता जागरण अभियान नेपालको झापा शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । झापाको चन्द्रगढीस्थित दुर्गामाता उपासना समितिको सभाहलमा आज अभियानको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति र ४ सदस्यीय सल्लाहकार समिति सर्बसम्म्त चयन गरेको जनाइएको छ ।

समितिको उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देवीभक्त आचार्य, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन हुनु भएकोछ ।

त्यसैगरी सदस्यहरुमा अर्जुन कार्की, कमला सिवाकोटी, धर्मेन्द्र गुप्ता, राजन पौडेल, थीरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना, र विदुर तिवारी चयन हुनुभएको छ ।

सल्लाहकारहरुमा कुलप्रसाद ओडारी, अनिाता दाहाल, जीवन खड्का र राजिव धिमाललाई चयन गरिएको छ ।

त्यसअघि शालिक राम भट्टराईको अध्यक्षतामा अधिवेशन भएको थियो ।

सो अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले उत्पादक, वक्रेता, उपभोक्ता र नियामक निकायहरु सबै इमान्दार भएमात्र उपभोक्ताहरुको अधिकार सुरक्षित हुने बताउँदै कतिपय अवस्थामा चाहेर पनि प्रशासनले कार्बाही गर्न नसक्ने अवस्था आउँदो रहेछ भनेर लाचारी प्रकट गर्नुभयो ।

अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले न्युन विजकीकरणको अन्त्य र भन्सारमा यथार्थपरक मूल्य नभएसँंम्म उपभोक्ताको अधिकार सुरक्षित नहुने चर्चा गर्दै सरकारले राष्ट्रिय आपुर्ति नीति ल्याउनु पर्ने बताउनु भयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी प्रमुख सदस्य र पालिका पालिकामा प्रशसकीय अधिकृतहरुलाई निरीक्षण अधिकृत तोकिदिने हो भने बजार नियन्त्रण हुने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा शुभकामना दिँदै अभियानका केन्द्रीय उपाध्यक्ष राजन्द्र घिमिरेले नागरिकहरुका लागि संघर्षरत रहेको र अझै संघर्षरत रहने प्रतिबद्धता जनाउँदै प्रशासनको निगरानी बेगर उपभोक्ताको हित नहुने बताउनु भयो ।

झापा उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष राजकुमार राई, अभियानका मेचीनगर अध्यक्ष रचना ओली घिमिरे, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले बजार अनुगमनका साथै गलत गर्ने विक्रेतालाई कार्बाही पनि गर्नेु पर्ने बताउनु भयो ।

कल्पना भट्टराईले संचालन र उपाध्यक्ष इन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष शालिकराम भट्टराईले पहिलो कार्यकालमा गरेका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय