झापा । झापा बिर्तामाेडका अलैंची व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेसँगै व्यवसायीले पनि आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेको नेपाल अलैंची ब्यवसायी महासंघका नि वर्तमान अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको उनले बताएका छन् ।
सुनिल बिन्दल रु ५१ हजार , भोजराज जैन ५१ हजार ,आदित्य इन्टरप्राइजेज र ४० हजार, योगेश अग्रवाल ४० हजार , बसन्त वंशल र २५ हजार , रोशन अग्रवाल २५ हजार, प्रभात कुमार अग्रवाल २१ हजार, शिव मन्दिर दिल्ली ४९ हजार ६ सय, शुभ गुप्ता २३ हजार ४ सय
निर्मल भट्टराई रु २५ हजार गरि ३ लाख ५१ हजार सहयाेग गरेकाे हाे ।
ब्यवसायीहरूले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको भन्दै अन्य संघ–संस्था तथा निजी क्षेत्रलाई समेत राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।










































