झापा । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

हालैका बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले राउतले उक्त रकम प्रदान गरेका हुन् । 

रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेसँगै राउतले आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेका हुन् । 

विपद्का कारण जनधनको क्षति भएका क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई थाेरै भए पनि आफ्नाे क्षेत्रबाट सहयाेग गरिएकाे राउतले बताए ।  

विपद्को समयमा राज्यका संयन्त्रसँगै निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सामाजिक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने भन्दै राउतले सहयोग गरेका हुन् । 

उनको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।राउतको यो सहयोगले विपत्तिका बेला उद्योगी–व्यवसायी समुदाय सरकार र नागरिकसँगै उभिनुपर्ने सन्देशसमेत दिएको छ ।

 प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उनको सहयोगबाट देखिएको छ ।

विपद्को समयमा आवश्यक स्रोत तथा सहयोग जुटाउन सरकारलाई निजी क्षेत्रबाट भएको यो योगदानले राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।