झापा । झापाको अर्जुनधारा नगरपालिका–६ लाई धूम्रपान तथा मद्यपानमुक्त वडा घोषणा गरिएको छ। आज एक समारोहकाबिच वडालाई धूम्रपान तथा मद्यपानमुक्त वडा घोषणा गरिएको हो । अर्जुनधारा ६ स्थित लक्ष्मीपुर स्कुलमा एक कार्यक्रम मार्फत वडाध्यक्ष हरिशचन्द्र बांस्तोलाले वडाभित्रका सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपानमुक्त घोषणा गरिएको् जानकारी दिए । 

स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले वडाले सञ्चालन गरेको अभियानअन्तर्गत वडा नम्बर ६ लाई धूम्रपान तथा मद्यपानमुक्त वडा घोषणा गरिएको उनले बताए । 

\घोषणा कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन, वडाध्यक्ष, वडा सदस्य,  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रम्ुख गोम्देनले  धूम्रपान तथा मद्यपानबाट हुने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरण गर्दै स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका थिए। उनले भविष्यका कर्णधार युवाहरुलाई दुव्र्यसनबाट टाढा राख्नु पर्ने बताउंदै यस्ता कार्यक्रमले सभ्य समाज निमार्णमा सहयोग पुग्ने बताए । 

वडा कार्यालयका अनुसार धूम्रपान तथा मद्यपानमुक्त अभियानलाई प्रभावकारी बनाउन सरोकारवालासँग समन्वय गरि ६ नम्बर भित्रका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, सरोकारवाला निकायको सहभागितामा बिभिन्न जनचेतनामूलक प्ले कार्ड सहित प्रभातफेरी समेत गरिएको थियो । लक्ष्मिपुर स्कुलबाट सुरु भएको बृहत र्याली महानन्द चोकमा आएर कोणसभा पश्चात समापन भएको थियो । 

अभियानले विशेषगरी युवा तथा बालबालिकालाई कुलतबाट जोगाउन र समुदायमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धूम्रपान तथा मद्यपानमुक्त अवस्थालाई दिगो बनाउन स्थानीय समुदाय, परिवार, विद्यालय, स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच निरन्तर सहकार्य हुनुपर्नेमा वडाध्यक्ष बांस्तोलाले  जोड दिए । 

वडा नम्बर ६ लाई धूम्रपान तथा मद्यपानमुक्त घोषणा गर्दै स्थानीय बासिन्दाले समेत अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। वडाको यो पहलले स्वस्थ नागरिक र सकारात्मक सामाजिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।